श्रवण शक्ति कम भएकाहरुलाई वरिष्ता र बेकरी तालिम

काठमाडौँ । श्रवण शक्ति कम भएका (बहिरा) युवाहरुलाई वरिष्ता र बेकरी तालिम दिइएको छ ।

शारीरिक रुपमा कमजोर भएका नागरिकहरुलाई पनि आयआर्जनको काममा जोडिनका लागि टेवा पुर्‍याउने उद्देश्यले उनीहरुलाई सो तालिम दिइएको हो ।

आय आर्जनको क्षेत्रमा काम गर्नका लागि टेवा पुर्‍याउने उद्देश्यले उनीहरुलाई पनि उद्यमशीलता र त्यसका लागि आवश्यक क्षमता अभिवृद्धिका लागि उत्प्रेरित गर्ने उद्देश्यले सो तालिम दिइएको नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालद्वारा सञ्चालित दिगो पर्यटन परियोजनाका प्रवन्धक धर्म दवाडीले जानकारी दिए ।

सो कार्यक्रमले शारीरिक रुपमा कमजोर भएकाहरुलाई पनि पर्यटन क्षेत्रको मूलधारमा ल्याउन सघाउ पु¥याउने उद्देश्य लिइएको पनि उनले बताए ।

नेपाल हस्तकला महासंघ, बहिरा महासंघलगायतका संघ, संस्थाको समन्वयमा परियोजनाले उनीहरुलाई सो सम्बन्धि २१ दिन तालिम दिएको हो ।

पछाडि पारिएका नागरिकहरुलाई लक्षित गरी परियोजनाले क्षमता अभिवृद्धि र उद्यमशीलता विकासका लागि विभिन्न जानकारी तथा सीपमूलक कार्यक्रमहरु गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + sixteen =