देश अहिले अफ्ठ्यारो स्थितिमा छ : संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

मुस्लिम समुदायसँग नेपाली कम्युनिष्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका हुन् । गत भदो २३ र २४ गतेको आन्दोलनपछि देशमा अफ्ठ्यारो स्थिति आइरहेको उल्लेख गरे ।

२४ गतेको विध्वंशपछि सिंगै नेपाली समुदायमा आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिन्ह खडा भएको बताए । राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल भएको बताए ।

उनले भने, ‘अहिले देश बडो अफ्ठ्यारो स्थितिमा छ । तपाईंहरुले पनि महशुस गर्नुभएको होला । २४ गतेको विध्वंशपछि सिंगै नेपाली कम्युनिटीको आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिन्ह खडा भएको छ । यो स्थितिमा हामीले राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल हो राष्ट्र । राष्ट्र बचाउने जिम्मेवारी सबैको हो ।’

सहसंयोजक माधवकुमार नेपालले देशलाई जोगाउन सबैले प्रयास गर्न जरुरी रहेको बताए । विभिन्न समयमा भीडलाई उत्तेजक बनाउने तत्त्वहरू सक्रिय रहेको भन्दै त्यसबाट जोगिनुपर्ने बताए । सबैभन्दा पहिला नेपाली हौँ भन्ने भावना जागरूक गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘हाम्रो देशलाई हामीले जोगाउन भर मजबुर कोशिस गरिरहेका छौँ । अनेक तत्त्वहरूले अनेक समयमा मान्छेलाई उत्तेजित बनाउन खोजे । त्यस्तो अवस्थामा फेरि पनि सांप्रदायिक संवादलाई ध्यान दिनुपर्छ । जातिय सद्भावलाई ध्यान दिनुपर्छ । मिलेर बस्नुपर्दछ भन्ने मान्यतालाई अघि बढाउनुपर्छ । सबैभन्दा पहिला हामी नेपाली हौँ ।’

अध्यक्ष नेपालले मुस्लिम समुदायमा अघि बढ्ने सम्भावना भएकाहरूलाई आफूहरूले अग्रसर गरिरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =