‘काठमाडौं इन्टरनेशनल परफरमेन्स आर्ट फेस्टिभल’ मा सात देशका कलाकार सहभागि

काठमाडौँ । काठमाडौंमा सात देशका कलाकारको सहभागितामा ‘काठमाडौं इन्टरनेसनल परफरमेन्स आर्ट फेस्टिभल’ शुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा बिन्दु स्पेस फर आर्टिष्ट नेपालको आयोजनामा उक्त फेस्टिभलमा नेपालसहित भारत, चीन, बङ्गलादेश, अष्ट्रिया र फिलिपिन्सका कलाकार सहभागी छन् ।

फेस्टिभलले विभिन्न देशका कलाकारहरुबीच कला संस्कृति आदानप्रदान हुने र एक अर्काबीचको सिकाई साटासाट प्रतिष्ठानले जनाएको छ ।

मानिसले जन्मेपछि विवाह गर्नुभन्दा अगाडि र विवाह पछाडि फरक पहिचान बोक्ने भएकाले त्यसलाई आधार मानेर आफूले ‘मेरो परिचय’ नामक प्रश्तुती पस्केको कलाकार सौरगङ्गा दर्शनधारीले बताए ।

उनि ललित कला प्रज्ञा प्रतिष्ठानकी बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख पनि हुन् ।

कार्यक्रम अवलोकन गर्न आएका दर्शक सञ्जीप महर्जनले परफरमेन्स आर्ट सामान्य मानिसका लागि बुझ्न चुनौतीपूर्ण हुने उल्लेख गर्दै फेस्टिभलले यस्तो कला विधाको पहिचान विस्तारमा सहयोग पुग्ने बताए ।

फेस्टिभले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने आयोजकले जानाएको छ । फेस्टिभल शुक्रवारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =