मंसिर ०९ गते मङ्गलवार, यस्तो छ आजको राशिफल

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ । रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन् । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा गरेको मेहनतको धेरैले लाभ उठाउने छन् । शिक्षाको क्षेत्र फराकिलो हुनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेका लक्ष्यहरू सफलतापूर्ण सम्पन्न गर्नमा बाधा आउनेछ । अध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ । सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नजिकका आफन्त र मित्रहरूसँग आत्मीय भेटघाटले मन प्रसन्न रहनेछ । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । योजना विपरीत कार्य नगर्नुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुको लागि श्रम र बुद्धि खर्च गर्नुपर्ला । आर्थिक पक्ष सामान्य रहनेछ । विद्यार्थीहरूले परिणामको चिन्ता नगरी पढाइमा एकाग्र रहनुहोस् सफलता मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम सम्बन्ध सुमधुर रहनेछ । कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ । विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा विकास हुनेछ । थप परिश्रमले प्रतिस्पर्धामा सफलता दिलाउनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ । नोकरी वा पेशामा सहयोगीहरूको साथ मिल्नेछ । उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । आफूभन्दा सानासंग आत्मीयता बढ्नेछ । गृहणीहरूको घरभन्दा सामाजिक कार्यमा धेरै समय व्यतीत होला । आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययनमा सफलता पाइनेछ । मित्रहरूको सहयोगले रोकिएका काम बन्नेछन् । व्यापार व्यवसायलाई लिएर सामान्य भागदौड गर्नुपर्ला । समय अनुकूल रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पढाइमा मन जानेछ । कार्यक्षेत्रमा पदोन्नति वा सम्मान पाउने योग छ । बोलिको प्रभावले अरुलाई आफूतर्फ आकर्षित गर्न सकिनेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा केही चुनौती देखिए पनि परिश्रमले सफलता मिल्नेछ । सम्बन्धमा केही उतारचढाव आउनेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने समय रहेको छ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापारमा राम्रो लाभ रहनेछ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ । व्यापारमा नयाँ कार्यको लागि पारिवारिक समर्थन पाइनेछ । आर्थिक स्थितिमा सुधार हुनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =