मंसिर ०८ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. मंसिर ०८, २०८२ । इ.सन् 24 Nov, 2025 । शक संवत् १९४७ । नेपाल संवत् ११४६ (थिंलाथ्व) । सिद्धार्थी संवत्सर दक्षिणायन हेमन्त ऋतु । सोमबार मार्ग शुक्लपक्ष । तिथि चतुर्थी, १८:२४ बजेपछि पञ्चमी । नक्षत्र पूर्वाषाढा, २०:०५ बजेपछि उत्तराषाढा । योग शूल, १२:०१ बजेपछि गण्ड । करण भद्रा, १८:२४ बजेपछि वव, ०६:५४ बजेउप्रान्त वव । चन्द्रराशि धनु । योग (आनन्दादि) उत्पात । दिनमान १०:३४ । सूर्योदय ६:३३ । सूर्यास्त १७:०७ । दिन विशेष : भद्रा १८:२४ बजेसम्म ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिला गरेको कार्यबाट प्रशस्त लाभ रहनेछ। कृषिमा पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिएला। दाजुभाइमा आत्मियता बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको मेहनतले भविष्यमा प्रतिष्ठा दिलाउनेछ। सेवामूलक कार्यबाट विशेष लाभ रहनेछ। कार्यक्षेत्रमा विभिन्न अवसरहरूले पछ्याउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अध्यात्म भाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ। आलस्य गर्ने बानीले कार्यसम्पादनमा केही बिलम्ब होला। मेहनतले गर्दा लक्ष्यमा पुगिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पायक स्थानमा भ्रमणका योग छन्। विश्वास पात्रबाट धोखा पाइएला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा साथीभाइहरूको सहयोगले मनम उत्साह जाग्नेछ। बोलीले गर्दा बनिरहेको कार्यमा बाधा आउनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पहिलाको सफलताले थप कार्यमा हौसला जगाउनेछ। शत्रु परास्त हुनेछन्। रोगबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रयत्न गर्दा विभिन्न अवसर जुटाउन सक्नुहुनेछ। सन्तान पक्षलाई लिएर मन चिन्तित रहनेछ। योजना बनाएर नयाँ कार्य थाल्नु सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शत्रुहरू परास्त हुनेछन्। रोगबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बोलीमा प्रभाव बढ्नेछ। उत्तम भोजनको प्राप्ति हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिन अनुकूल रहनेछ साथै सुख र आनन्दको प्राप्ति हुनेछ। विशिष्ट व्यक्तिहरूबाट उपहार पाइएला। आकस्मिक धन खर्चका योग छन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा लाभ रहनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूसँग परामर्श लिनुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यर्थ कार्यमा समय र ऊर्जा खपत हुनेछ। फजुल खर्चबाट बच्नुहोस्। महत्वकांक्षी योजनाहरू सफल हुनमा बाधा आउनेछ। स्वास्थ्य लाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट








