प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनसाय नै छैन: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निः वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनसाय समेत नरहेको दाबी गरेका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नसक्ने जिकिर समेत गरे ।

अध्यक्ष ओलीले निर्वाचनयोग्य वातावरण नभएकाले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको उल्लेख गर्दै त्यसै गरेर एमालेले प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्नुपरेको बताए । उनले १ सय २५ वटा पार्टीहरूसँग निर्वाचनका लागि वार्ता गरेको भनेर प्रधानमन्त्री कार्कीले काँग्रेस, एमालेजस्ता पार्टीहरूलाई अपमान गरेको भन्दै आपत्ति जनाए ।

अध्यक्ष ओलीले भने ‘म सम्माननीय राष्ट्रपतिजीलाई पनि भन्न चाहन्छु, प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु तपाई यतिबेला भएको कारणले निर्वाचन गराउनु हुन्छ भने खुरुखुरु गराउन हुन्छ भने गराउनुस् । शान्तिपूर्ण वातावरण बनाउनुस्, हतियार फिर्ता ल्याउनुस् । अपराधीहरूलाई नियन्त्रणमा ल्याउनुस् । निर्वाचनयोग्य वातावरण बनाउनुस् । धेरै व्याख्या गर्न चाहन्न । गराउनुस् । त्यो तपाईँले सक्नु हुन्न । तपाईँको त्यो मनसाय पनि देखिँदैन । तपाईँले गरेको वार्ता कस्ता छन् रु १२५ वटा पार्टी बोलाएर वार्ता गरेको रे । यो एमाले, काँग्रेस जस्ता पार्टीहरूलाई अपमान गरेको हो यो १२५ वटा पार्टीहरूसँग वार्ता गरेको भनेर । यो तमासा हो ।’

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसका कुनै पनि काम आफूहरूलाई मान्य नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fifteen =