झापा कारागारका एक कैदीको मृत्यु
२०८२ मंसिर ५ गते

झापा । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ ।
भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ ।
झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
२०८२ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








