धुर्मुसको फोटो शेयर गर्दै कुमारले लेखेः ‘यसरी शिरमा हात राख्ने मेरो दाइ हुँदै हैन’

काठमाडौँ । अभिनेता सिताराम कट्टेल (धुर्मुस)का भाइ कुमार कट्टेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण हिसाब राफसाफ गर्न ढिलाइ गरेकोमा असन्तोष प्रकट गरेका छन् ।
उनले ५ वर्षमा ६ पटक छानबिन गर्दा पनि उठेको रकम भन्दा १०–१५ करोड बढीको काम गरेको पुष्टि भएको उनले बताएका छन् । उनले सरकारले आफ्नो दाईलाई अनावश्यक रुपमा झुलाएको भन्दै असन्तोष प्रकट गरेका हुन् ।
कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसरी शिरमा हात राख्ने मेरो दाइ हुँदै हैन । आज शिरमा हात राख्न बाध्य बनाइयो । शिरमा हात राखे पनि शिर निहुरिएको छैन दाइ ।’
उनले यसमा आफ्नो दाइ सिताराम कट्टेलको कठिन सङ्घर्ष र छानबिन प्रक्रिया पछि पनि अपेक्षित रकम नपाएको बताएको छन् । ‘५ वर्षमा ६ पटक छानबिन गर्दा पनि उठेको रकम भन्दा १०–१५ करोड बढीको काम गरेको पुष्टिले पनि तपाईँको शिर धेरै उच्च भएको छ दाइ’ उनले लेखेका छन् ।








