प्रधानमन्त्री कार्कीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद् बैठक
२०८२ मंसिर ४ गते

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् ।
सुरक्षा परिषद्को बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सचिवालयमा बस्न लागिएको हो ।
बैठकमा बाराको सिमरामा उत्पन्न भएको सुरक्षा स्थिति र हालको परिस्थितिका बारेमा छलफल गरिने जनाइएको छ ।
यसअघि, हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को अर्को बैठक बसेको थियो, जसमा राष्ट्रिय सुरक्षा र समसामयिक विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
२०८२ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








