सीटीईभीटीका शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड लागू

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड लागू गरेको छ ।

क्यूआर कोड सोमबारदेखि लागू भएको सीटीईभीटीले मंगलबार जारी गरेको एक सूचनामार्फत जनाएको छ । परिषद्ले आईटीएमएस अनलाइन मार्फत जारी हुने डिप्लोमा तथा प्रमाणपत्र तहका ट्रान्सक्रिप्टमा र प्रिडिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएको सूचनामा उल्लेख छ ।

नयाँ प्रणाली लागू भएपछि परिषद्बाट जारी हुने प्रमाणपत्रलाई अनलाइनमार्फत छिटो, सरल र विश्वसनीय रूपमा प्रमाणीकरण गर्न सकिने परिषद्को भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =