मंसिर ०१ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं.
मंसिर ०१, २०८२ इ.सन् 17 Nov, 2025 शक संवत् १९४७ नेपाल संवत् ११४६ (कछलागा) सिद्धार्थी संवत्सर दक्षिणायन हेमन्त ऋतु सोमबार मार्ग कृष्णपक्ष तिथि त्रयोदशी, दिनरात, त्यसपछि त्रयोदशी नक्षत्र चित्रा, ०६:०० बजेपछि स्वाती योग प्रीति, ०९:४७ बजेपछि आयुष्मान् करण वणिज, ०७:०८ बजेपछि गर, १८:१८ बजेउप्रान्त वणिज चन्द्रराशि कन्या योग (आनन्दादि) मुद्गर दिनमान १०:४२ सूर्योदय ६:२७ सूर्यास्त १७:०९ दिन विशेष :  मार्गशीर्ष संक्रान्ति। सोमप्रदोष व्रत ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय लागे पनि सोचेका कार्य बन्नेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। नोकरी वा व्यापार व्यवसायलाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तानको भविष्यलाई लिएर महत्वपूर्ण कार्यहरू पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको साथ मिल्नेछ। व्यापारमा आम्दानी बढाउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्य सम्बन्धी चिन्ताले सताउनेछ। आफ्नो कामको लागि अरुको भरपर्दा दुःख पाइनेछ। कार्यक्षेत्रमा बल भन्दा बुद्धिको उपयोगले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अवसर प्राप्त भए पनि नयाँ काम प्रारम्भ गर्नु भन्दा अघि होस् पुर्याएर निर्णय लिनुहोस्। आत्मबलमा वृद्धि हुनेछ। आफूभन्दा सानाप्रति आत्मीयता बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शिक्षाको क्षेत्रमा बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। व्यापार व्यवसायमा परिवारको साथ मिल्नाले सफलता प्राप्त हुनेछ। मिठो बोलिको सबैले प्रशंसा गर्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थीहरूको अध्ययनमा राम्रो प्रगति हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। व्यापार व्यवसायभन्दा सेवामुलक कामबाट राम्रो उपलब्धि प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिस्थितिवस चिताएको काममा बाधा आउन सक्छ। आफुले गरेको मेहनतको फाइदा अरुले उठाउन सक्लान्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हातमा आएको रकम अरूको लागि खर्च गर्नुपर्ला। आफ्नो व्यवहारमा संयमता राख्नुहोस्। शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) माननीयजनहरूको भावना बुझेर अगाडि बढ्नुहोस्। कार्यक्षेत्रमा प्रगतिको मार्ग प्रशस्त हुनेछ। पिताको सहयोगले आँटेको काममा सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रचनात्मक कार्य बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। पहिलाको सफलताले थप हौसला जगाउनेछ। धर्म कर्मप्रति रुचि बढ्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा धेरै मेहनत परे पनि प्रतिफल प्राप्त हुनेछ। शत्रुपक्ष सक्रिय रहनेछन् सचेत रहनुहोस्। नयाँ कार्य थालनीको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा नयाँ अवसर हात लाग्नेछ । अप्ठ्यारा परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । समय र अवस्था नबुझी बोल्ने बानीले समस्या निम्ताउला । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =