नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
२०८२ कार्तिक ३० गते

काठमाडौं । नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् ।
नेपाल प्रहरीले आइतबार साँझ ट्रस्टको जग्गा लिज सम्झौतासम्बन्धी अनियमिततामा संलग्न भएको आशंकामा कार्कीलाई पक्राउ गरेको प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी मनोज केसीले जानकारी दिएका छन् ।
सीआईबीले हाल दरबारमार्गस्थित नेपाल ट्रस्टको नाममा दर्ता रहेको काठमाडौंको जग्गा भाडामा दिने क्रममा बद्नीयत राखी हानिनोक्सानी हुनेगरी सम्झौता गरिएको भन्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
यसअघि सोही प्रकरणमा तत्कालीन सचिव लेखबहादुर कार्की पनि पक्राउ परेका थिए । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
२०८२ कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित








