मुलुकलाई सङ्कटबाट उकास्न एमाले सक्षम छः महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई सङ्कटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभामा उनले राष्ट्रलाई वर्तमान सङ्कटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए ।

‘जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छौँ’ उनले भने । राष्ट्रलाई वर्तमान सङ्कटबाट उकास्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

महासचिव पोखरेलले भने ‘देशको सङ्कट टार्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधिसभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका माग सम्बोधन गर्न सकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =