प्रदेश प्रमुख खापुङ समक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष आज निर्वाचन आयोगले आफ्नो १९ औँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रदेश प्रमुख खापुङ्गलाई आयोगका कोशी प्रदेश कार्यालयका प्रदेश निर्वाचन कार्यालयका प्रमुख युवराज गुरागाईले प्रमुखको कार्यालय विराटनगरमा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाए ।

प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।
उनले सम्पूर्ण नेपाली जनतलाई सर्वभौम सत्ताको मालिक र राजकीय सत्ताको अधिकारी निर्वाचनको माध्यमबाट प्रयोग गर्न मतदाता नामावली नाम दर्ता गर्न आग्रह गरे ।

प्रदेश प्रमुख खापुङ्गले जनताले विवेकपूर्ण रुपमा निर्वाचनमा मतदान गरी लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाई मुलुकमा समृद्ध कायम गर्नुपर्नेमा जोड दिए ।

आयोगका निर्वाचन कार्यालयका प्रमुख गुरागाईले गत आर्थिक वर्षमा आयोगमा १२२ वटा दर्ता भएको र सोही अवधिमा कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९ सय मतदाता रहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =