प्रसाईँ समूह र सरकारबीच सिंहदरबारमा वार्ता सुरु, दुर्गाको अनुपस्थिति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘सरकार र नागरिक बचाउ अभियान’ समूह र सरकारबीच आज सिंहदरबारमा वार्ता सुरु भएको छ ।

गृह मन्त्रालयमा भएको छलफलमा प्रसाईं भने अनुपस्थित रहेका छन् । प्रसाईं समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमाझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौला लगायतका सदस्यहरू सहभागी छन् ।

प्रसाईंले आगामी मंसिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । यसपटकको आन्दोलनका लागि उनले नेपाली काँग्रेस बीपीसँग सहकार्य गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =