मुख्यमन्त्रीलाई होटलमा शपथ गराएको घटनाबारे पौडेलको टिप्पणी- ‘संघीयतामाथिको प्रहार’

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटलमा शपथ ग्रहण गराएको घटनालाई संघीयतामाथिको प्रहारका रूपमा टिप्पणी गरेका छन् ।

मंगलवार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले राज्य संरचना प्रचलित राज्यप्रणालीअनुसार नै सञ्चालन हुनुपर्ने बताउँदै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदीय मर्यादा र पद्धति पालना नगरेको आरोप पनि लगाए । उनले मधेस प्रदेशमा पदीय मर्यादाविपरीत कार्य भएको दाबी गर्दै प्रदेश प्रमुखको आचरणले संघीय अभ्यासमाथि नै प्रश्न उठाएको टिप्पणी पनि गरे ।

उनले भने ‘राज्यको संरचना राज्य प्रणालीअनुसार नै चल्छ । राज्य प्रणालीका आफ्नै मर्यादाहरू हुन्छन् । यी मर्यादाहरूको पालना गर्ने काम जिम्मेवार अधिकारीको हुन्छ । त्यसकारण मर्यादा कायम भएन र पद्धतिसंगत ढंगले काम भएन भने राज्य संरचना पूर्णरुपमा असफल हुन्छ । अहिले मधेस प्रदेशको हकमा समेत मर्यादा कायम नगरेको, पद्धतिअनुसार काम नगरेको देखियो । एक त व्यापक निराशा भएको अवस्थामा प्रदेश प्रमुखले गरेको काम पदीय मर्यादाविपरित थियो । यस्ता कुरा आफूलाई थाहा छैन भनेपनि राज्यका अन्य निकायहरूसँग बुझेर तथा सल्लाह लिनुपर्छ । कुनै दलको मान्छे सार्वजनिक पदमा गइसकेपछि पार्टीका लागि जे पनि गर्ने सोच बोकेको हुनुहुँदैन । त्यसकारण मधेसमा पछिल्लो पटक भएको घट्नाले सङ्घीयतामाथि प्रहार भएको देखियो ।’

तत्कालीन प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री यादवको बर्दिवासस्थित एक होटलमा शपथ ग्रहण गराएका थिए । पदीय मर्यादा कायम गर्न नसकेको भन्दै प्रमुख भण्डारीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =