प्रत्यक्ष कार्यकारीले देशका सबै समस्या समाधान गर्छ भन्ने ठान्नु मूर्खता होः अधिकारी

काठमाडौँ । नेपाली काँग्रेस नेता राधेश्याम अधिकारीले प्रत्यक्ष कार्यकारी सरकार प्रमुखले देशका सबै समस्याहरू समाधान गर्छ भन्नु मूर्खता मात्रै हुने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित मंगलवार नेपाल कानुन समाजद्वारा काठमाडौँमा आयोजित प्रतिनिधि सभाको निर्वाचनस् चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेका नेताहरू पार्टीको अध्यक्ष त छोड्न नसक्ने परिस्थितिबाट प्रत्यक्ष कार्यकारी प्रमुख पाए झन् अवस्था के होला रु भन्दै प्रश्न गरे । दलित, मधेसी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्नसक्छ रु भन्नु मूर्खता मात्रै हुने बताए । समानुपातिक, समावेशी, सङ्घीयताको कुरा ठट्टाको विषय नभएको बताए ।

उनले भने ‘२० वर्ष अगाडिको सारङ्गी अहिले बजाउँदैछन् भन्नुभयो । तीन वटा मुख्य दलको नेताको त्यो पदमा पुगेपछि हेर्नुस् प्रवृत्ति । जुन राजनीतिक दलका नेताले आफ्नो पार्टीको पद छोड्न सक्दैनन् । तिनले सत्ता पाए भने छोड्छन् ? दलित, मधेसी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्नसक्छ ? जाति, जनजाति, भाषाहरूको प्रतिनिधित्व यो संविधानले बोकिरहेको छ । समानुपातिक, समावेशी, सङ्घीयताको कुरा जुन छ । यो ठट्टाको विषय होइन । ख्यालख्यालमा आएको होइन ।’

उनले लोकतन्त्र र गणतन्त्र सबैले चाहेको उल्लेख गर्दै विविधताले भरिपूर्ण नेपालमा सबै मिलेर बस्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =