रामकुमारी झाँक्री पुनः एमाले फर्किँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असहमति जनाउँदै आएकी नेतृ रामकुमारी झाँक्री पुनः नेकपा एमाले मा फर्कने भएकी छिन् ।

भोलि (सोमबार) दिउँसो साढे २ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ कार्यक्रममा सहभागी हुँदै झाँक्रीले औपचारिक रूपमा एमालेमा पुनरागमन गर्ने तयारी गरेकी हुन् ।

उक्त अभियानलाई झाँक्रीले कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा फर्किने साझा अभियान” भन्दै सबैलाई सहभागी हुन आह्वान गरेकी छन् ।

उनले आफ्नो राजनीतिक यात्राका उतार–चढाव स्वीकार गर्दै एमालेमै फर्कने निर्णयलाई स्वाभाविक कदमका रूपमा लिन आग्रह गरेकी छन् ।

‘मेरो राजनीतिक जीवनमा अनेकौं उतारचढाव आएका छन्, तर तपाईंहरूप्रतिको मेरो उत्तरदायित्व सधैं रहनेछ,’ उनले भनेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 3 =