थारु समुदायले काठमाडौँमा पनि मनाए समाचकेवा पर्व

काठमाडौँ । थारु समुदायले काठमाडौँमा पनि समाचकेवा पर्व मनाएका छन् ।

शनिवार काठमाडौँ प्रर्दशनीमार्गस्थित पयर्टन बोर्डमा एक कार्यक्रमको आयोजना गरी उनीहरूले सो पर्व हर्षोउल्लासका साथ मनाएका हुन् । कार्यक्रममा थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह चौधरीले सो पर्वको मौलिक परम्पराबारे चर्चा गर्नुभएको थियो । यस पर्वलाई दाजु बहिनीको प्रेमको प्रतीकको रूपमा लिने गरिन्छ ।

मध्य तराईको थारु समुदायले भाइटिका अर्थात् गोवद्र्धनपूजाको भोलिपल्टबाट कात्तिक पूर्णिमासम्म १५ दिन यो पर्व मनाउने गर्दछन् । यस पर्वमा दिदीबहिनीले माटोका विभिन्नखाले मूर्तिहरू समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृति बनाएर खेलिने गर्छन् । जानकारकाअनुसार द्वापरयुगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जङ्गलमा घुमघाम गर्न जाँदा ऋषिसँग रमन गरेको झुटो कुरा सेविका डिहुलीले भगवान् कृष्णसमक्ष लगाएकाले आवेसमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएपछि सामाका भाइ साम्बले सो सुन्नासाथ दिदी सामालाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेको पुराणमा उल्लेख छ ।

भाइले दिदीलाई श्रापबाट मुक्त गराएका सोही दिनदेखि माटाको सामाचकेवा पर्व मनाउन सुरु गरिएको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 8 =