देशको अवस्थाबारे छलफल गर्न राष्ट्रपतिलाई भेट्दै सभामुख र प्रदेश सभामुखहरु

काठमाडौं । सभामुख र राष्ट्रिय सभा अध्यक्षसहित प्रदेश सभामुखहरुको छलफल सुरु भएको छ ।

शुक्रवार सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत सात वटै प्रदेशका प्रदेश सभाका सभामुखहरुको छलफल भएको हो ।

छलफलमा बोल्दै सभामुख देवराज घिमिरेले देशको पछिल्लो स्थिति, संसदको अवस्थाका बारेमा छलफल भएको बताए । उनले जेनजी आन्दोलनपछि देशमा उत्पन्न परिस्थितिका बारेमा छलफल हुने बताए ।

यसै सन्दर्भलाई लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग समय लिइसकेको र पौडेलसँगको छलफलपछि आवश्यक परे अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग पनि छलफल गर्न सकिने स्पष्ट पारे । ‘खासगरीकन देशको सात वटै प्रदेशको र संघको बारेमा सभाको स्थितिका बारेमा भेटघाट गरेका हौँ । राष्ट्रपतिसँग समय लिएका छौँ । उहाँसँग भेट्नेछौँ । सरसल्लाहमा प्रधानमन्त्रीसँग भेट्ने कुरा भयो भने भेट्न सक्छौँ । भोलिका लागि समय मिलाउँ । प्रधानमन्त्रीलाई पनि भेट्दा राम्रै हुन्छ’ उनले भने ।

जेन जी पुस्ताको गत भदौ २३ र २४ गतेको आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएको छ ।

नेकपा एमालेले प्रतिनिधि सभाको पुनःस्थापना हुनुपर्ने बताउँदै आएको अवस्थामा अन्य कम्युनिष्ट पार्टीहरुले भने निर्वाचनमा जाने निर्णय गरिसकेका छन् ।

नेपाली काँग्रेसले अहिलेसम्म कुनै निर्णय लिइसकेको छ । यद्यपि संसद विघटन असंवैधानिक रहेको निष्कर्ष काँग्रेसको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =