नेपाली सेनाले मनायो युएन दिवस

काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघ (युएन) दिवस श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ ।

बिहीवार प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा विशेष समारोहकाबीच सेनाले युएन दिवस मनाएको हो ।

कार्यक्रममा कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, लगतय सबै सुरक्षा निकायका प्रमुखहरु तथा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, मित्रराष्ट्रहरूका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा १९७४ देखि नेपाली सेनाको टोली जान थालेको हो । प्रहरीको टोली १९९२ र एपीएफको टोली २००२ देखि गएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =