आज र भोलि भिटामिन ‘ए’ तथा जुकाका औषधि खुवाइँदै

काठमाडौँ । ‘भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ’ भन्ने मूल नाराका साथ बिहीबार र शुक्रवार ९आज र भोलि० भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बिहीबार र शुक्रवार देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो ।

६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरूलाई सो क्याप्सुल खुवाउने गरेको ललितपुर महानगरपालिका वडा नम्बर १५ कि नगर स्वास्थ्य केन्द्र प्रमुख संगीता मिश्रले बताए । उनले सो कार्यक्रममा सहभागी हुन पनि सबैलाई अनुरोध गरे ।

प्रमुख मिश्रले भने ‘जुन तोकिएको दिन छ । आफ बच्चाहरूलाई भिटामिन खुवाउन नछुटाउनु होला । भिटामिन सँगसँगै हामीले जुकाको औषधि पनि दिइरहेका हुन्छौँ । भिटामिन अरू बेलामा पाइँदैन । त्यसैले नछुटाई खुवाउनु होला भनेर सबैलाई अनुरोध गर्दछौँ ।’

नेपालमा यो कार्यक्रम हरेक वर्षमा २ पटक सञ्चालनमा आउने गरेका छन् । कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गते मा गरेर सो कार्यक्रम सञ्चालन गरिने पनि नगर स्वास्थ्य केन्द्र प्रमुख मिश्रले बताए ।

यस वर्ष भने तिहार परेकाले कात्तिक २ र ३ गते सो कार्यक्रम २० र २१ गतेका लागि गरिएको पनि उनले स्पष्ट पारे । सरकारले सबै स्थानीय तहमा ५ वर्ष मुनिका २८ लाख बालबालिकालाई भिटामिन ए खुवाउने र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । यस अभियानमा ५२ हजार महिला स्वास्थ्य स्वयं सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =