नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड, सहसंयोजक बने माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

भृकुटीमण्डपमा आयोजित ऐतिहासिक एकता सभामा प्रचण्डलाई पार्टीको नयाँ संयोजकको रूपमा चयन गरिएको हो ।

साथै, पार्टीको सहसंयोजकका रूपमा माधव कुमार नेपाल चयन भएका छन् । नेता महेन्द्र राय यादवले यसका बारेमा औपचारिक घोषणा गरे ।

प्रचण्डले यसअघि नेकपा माओवादी केन्द्रको नेतृत्व गर्दै आएका थिए । अब एकीकृत नेपाली कम्युनिष्ट पार्टीको संयोजकका रूपमा नयाँ जिम्मेवारी सम्हाल्नेछन् ।

त्यसैगरी, माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष थिए, अब सहसंयोजकका रूपमा भूमिका निर्वाह गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =