एमालेमा फर्किने अन्तिम तयारीमा झाँक्री समूह, भोली बिहान पत्रकार सम्मेलन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको एक समूह नेकपा एमालेका फर्किने तयारीमा रहेको छ ।
पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रिको नेतृत्वमा नेकपा एक समूह मूल पार्टी एमालेमै फर्किने तयारी गरेको हो ।
नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि नेकपा एस यति बेला टुक्रा टुक्रा भएको छ । नेकपा एस तीन समूहमा विभाजन भएको छ ।
माधव नेपाल समूह माओवादी केन्द्रमा जाँदै छ भने झलनाथ खनाल–घनश्याम भुसाल समुह आफ्नै नेतृत्वमा नयाँ पार्टी गठनको तयारीमा जुटेको छ ।
यता, रामकुमारी समूह भने नेकपा एमालेमा फर्किने तयारीमा छन् । रामकुमारीसँगै किसान श्रेष्ठ लगायतका नेताहरू एमालेमा फर्किने तयारी गरिरहेका छन् ।
जसका लागि रामकुमारी समूहले भोली बिहान पत्रकार सम्मेलन आयोजना गरेको छ । पत्रकार सम्मेलनमा कम्युनिस्ट आन्दोलनका समक्ष आइपरेका चुनौतीहरूको समाधानका लागि विचार विमर्श गरिने बताइएको छ ।








