भैरहवास्थित होटल निर्वाणा अगाडि गोली चल्यो, सुरक्षागार्ड घाइते
२०८२ कार्तिक १८ गते

सांकेतिक तस्बीर ।
काठमाडौं । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणाको गेट अगाडि गोली चलेको छ । गोली प्रहारबाट होटलका एक सुरक्षागार्ड सामान्य घाइते भएका छन् ।
प्रहरीका अनुसार, गोली चलाउने समूहको पहिचान हालसम्म हुन सकेको छैन र उनीहरू फरार रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीप क्षेत्रीले घटनाबार थप जानकारी दिएका छन् ।
घटनामा संलग्न तीन व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूको खोजी तीव्र गरिएको छ ।
२०८२ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित








