नदीमा बगेकी बालिकाको शकुसल उद्धार

अदानचुली । यहाँस्थित अदानचुली गाउँपालिका–२ गल्फागाड खोलामा नुहाउने क्रममा बगेकी सात वर्षीया बालिकाको उद्धार गरिएको छ ।

आज अपराह्न खोलामा नुहाउने क्रममा एक्कासी बगेकी अदानचुली–२ का लाले भण्डारीकी छोरी अस्मिताको कर्णाली नदीबाट उद्धार गरिएको हो ।

एक्कासी खोलामा बगेकी भण्डारीको कर्णाली नदी र खोलाको दोभानबाट श्रीनगर प्रहरी चौकी गल्फागाडका हबल्दार योगेन्द्र ऐडी र स्थानीयको सहयोगमा उद्धार गरिएको हवल्दार ऐडीले बताए ।

बगाएको स्थानदेखि अन्दाजी चार सय मिटरको दूरीबाट बालिकालाई शकुसल उद्धार गरिएको उनको भनाइ छ ।

आफ्नो ज्यानको परबाह नगरी बालकलाई नदीबाट उद्धार गर्ने प्रहरी हवल्दार ऐडीलाई स्थानीयले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =