धनकुटाको तीनघुम्तीमा बस दुर्घटना : एक घाइते, २६ यात्रु सकुशल
२०८२ कार्तिक १४ गते

फाइल फोटो
धनकुटा । धनकुटा नगरपालिका-९, तीनघुम्तीस्थित सडक खण्डमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् । दमकबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ९५१९ नम्बरको बस बिहान ८:४५ बजे अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा मोरङको लेटाङ-३ बस्ने ५५ वर्षीया मीना गुरुङ घाइते भएकी छन् । उनको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख, एसपी सरतकुमार थापा क्षेत्रीका अनुसार बसमा सवार अन्य २६ यात्रु भने सकुशल छन् ।
प्रारम्भिक अनुसन्धानबाट बसको चक्का अनियन्त्रित भई दुर्घटना भएको खुलेको प्रहरीले भनेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
२०८२ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित








