सरकार गठन र प्रतिनिधि सभा विघटनबारे सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

पाँच सदस्यीय संवैधानिक इजलासले अन्तरिम आदेश माग गरेको विषयवस्तु समेत रिट निवेदकको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिएकाले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश माग गरेको विषयवस्तु समेत रिट निवेदकको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिँदा हाल निवेदन मागदाबी बमोजिम अन्तरिम आदेश जारी गरिरहनुपरेन ।’

सर्वोच्चले मागदाबी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =