डिशहोम र ‘डल्ले’ रेस्टुरेन्टबीच विशेष छुट सम्झौता
२०८२ कार्तिक १२ गते

काठमाडौँ । डिशहोमले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ ।
यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरु गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौँ उपत्यकाका भित्रका सम्पूर्ण आउट लेटहरूमा विशेष छुट पाउनेछन् ।
यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले निम्नलिखित सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
- डल्ले रेस्टुरेन्टका उपत्यकाका भित्रका सबै आउट लेटहरूमा १० प्रतिशत छुट
- यो छुट प्राप्त गर्न ग्राहकहरूले माई डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ ।
भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका:
- माई डिशहोम एप Google Play Store बाट डाउनलोड गर्ने ।
- दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आइडी प्रयोग गरी एपमा लगइन गर्ने ।
- होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्ने ।
- डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्ने ।
यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका म्यानेजिङ डिरेक्टर आलोक योन्जोन, डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर, आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ ।
२०८२ कार्तिक १२ गते
प्रतिक्रिया
सम्बन्धित








