रगत बगाएर, देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा हुँदैन- ईः ईः

काठमाडौँ । सामाजिक अभियन्ता ईः ईः ले भदौ २४ गते भएको जेनजी आन्दोलनको पहिलो प्राथमिकता काठमाडौँका मेयर बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउने रहेको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले सुरुमा तम्सिए पनि परिस्थिति सोचेको भन्दा विकराल भएपछि मेयर बालेनले खुट्टा कमाएको उनको भनाई छ । उनले दोस्रो प्राथमिकतामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भएको बताए । तर विकसित परिस्थितिले उनको ओज कम गरिदिएको भन्दै त्यसपछि २५ गते कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास चलेको बताए ।

तर संविधानका आधारभूत विषयमा उनको फरक मत स्वीकार्य नभपछि पूर्ण र थप अनिष्ट परिस्थिति टार्न सुशीला कार्की सर्वस्वीकार्य, सर्वविश्वाशिलो बनेको उनले भनाई छ ।

त्यसपछि उनले लेखेका छन् ‘यसमा बालेनसङ्ग राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण टाढिएका, विधिसम्मत ढङ्गले चल्नुपर्छ भनेर प्रायः अडिग, ओमप्रकाश अर्यालको ठुलो भूमिका थियो। त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो । उनको सट्टा प्राथमिकतामा राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हरसंभव प्रयास गरेकै हुन्। अहिलेपनि गर्दैछन् ।’

उनले त्यसबेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सर्वस्वीकार्य र सर्वविश्वाशिलो बन्नुमा गृहमन्त्री ओमप्रकाश अर्यालको ठुलो भूमिका रहेको बताए ।

उनले गृहमन्त्री अर्याल कमीकमजोरी रहित व्यक्ति होइनन् तर सारथी फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकसित हुनसक्ने बताए ।

‘यहाँ ठुलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिष्पर्धा चल्दैछ । अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ । के नवयुवाको रगत यसैको लागि बगेको होरु कस्तो बिडम्बना! कस्तो निर्लज्जता!’

उनले अहिले मुलुकमा ठुलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिष्पर्धा चलेको भन्दै ‘के नवयुवाको रगत यसैको लागि बगेको हो’ भन्दै प्रश्न गरे ।

उनले बेलैमा सबै पक्षले आआफ्नो भूमिकाबारे थप दुर्घटना टार्न सचेत हुन जरुरी देखिएको बताए । स्टन्टका लागि मात्र नभई विधिसम्मत र परिपक्व हिसाबले भदौ २३ र २४ मा भएका अपराधको सजाय अपराधीहरूले पाउनु नै उनले बताए ।

अन्त्यमा उनले समयमा चुनाव हुनैपर्छ भनेर जोड दिएका छन् । उनले रगत बगाएर, देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा नहुने बताएका छन् ।

‘अनि यतिको सत्य बोल्न पनि ज्यानै खतरामा भएको महसुस गर्नुपर्ने हो भने, होस् खतरा होस्’ उनले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =