विप्लव नेतृत्वको नेकपाले दियो दल दर्ताको निवेदन (तस्बिरहरू)

काठमाडौँ । नेत्रविक्रम चन्दको नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

मङ्गलवार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा आयोगको कार्यालय पुगेका नेताहरूले आयोगमा दल दर्ताको लागि निवेदन दिएका हुन् ।

नेताहरूले पार्टीहरूको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न प्रस्ताव गरेका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई निवेदन बुझाउँदै प्रवक्ता विश्वकर्माले संसदीय राजनीतिमा सहभागी हुन दल दर्ता प्रक्रिया अगाडि बढाएको बताए ।

उनले नेपालको उन्नति र प्रगतिका साथै मुलुकमा रहेका सम्भावनाहरूलाई यथार्थमा बदल्न नेकपाले निर्वाचनमा सहभागी हुने कुराले विशेष स्थान राख्ने दाबी पनि गरे । उनले अहिले अवस्थामा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको भन्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आफ्नो निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्ने विश्वास पनि दिलाए ।्

उनले भने ‘हामीले आज निर्वाचन आयोगमा जसरी पार्टी दर्ता गर्ने प्रक्रिया सुरु गरेका छौँ यसले मुलुकमा विद्यमान समस्या समाधानको निम्ति र नेपाली जनताको चाहाना तथा मुलुकका अगाडि रहेका सम्भावनाहरूलाई यथार्थमा बदल्नका निम्ति नेपाल कम्युनिष्ट पार्टीले लिएको यो स्टेप र निर्वाचन प्रक्रियामा सहभागी हुने कुराले विशेष स्थान राख्नेछ । र ऐतिहासिक हुनेछ । अहिलेको अवस्थामा निर्वाचन आयोग आफैँले पनि अहिलेको अवस्थामा निर्वाचन सम्पन्न गर्ने कुरा चुनौतीपूर्ण ठानेको छ । यसकारण तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नको लागि पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग हुनेछ । पार्टीले कुनैपनि कसर नरहनेगरी निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा मद्दत हुनेछ भन्ने विश्वास पनि दिलाउन चाहन्छौं ।’

जनताको मुक्ति र मुलुकको समृद्धिको लागि नेकपा लामो समयदेखि क्रियाशील रहेको स्मरण गर्दै उनले नेपालको संसदीय राजनीतिमार्फत मुलुकको विकासका लागि पार्टी सधैँ क्रियाशील रहिरहने समेत बताए ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =