छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ । लोक आस्थाको पर्व छठको आज महत्त्वपूर्ण दिन हो ।

आजको दिनलाई सौजका अघ्र्य भनिन्छ । अर्थात आज अस्ताउँदो सूर्यलाई व्रतालुहरूले अघ्र्य दिइँदै छ । उदाउँदो सूर्यलाई प्रतिदिन जसो हिन्दु धर्मावलम्वीहरूले पूजा आराधना गर्दछन् । तर छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पूजा गरिन्छ ।

षष्ठी तिथिका दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइसकेपछि व्रतालु र उनका पारिवारिक सदस्यहरू प्रसाद सामग्रीसहित रात्री सम्पूर्ण नदीनाला तालतलैया र सरोवरकै घाटमा रात्री विश्राम गर्दछन् । मङ्गलवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।

आइतबार खर्ना विधिसम्म घरमै पूजापाठ भएको यस पर्वमा आजदेखि नदीनाला तालतलैया र सरोवरको घाटहरूमा पूजापाठ हुने गर्दछ । जसका लागि पोखरीका घाटहरू तालतलैया र नदीनालाका घाटहरू घरभन्दा पनि बेहुली जस्तै सजाइएका छन् । सफासुदर बनाइएको छ ।

यस पर्वमा प्रयोग हुने केरा, उखु,ठकुवा भूसवासहित स्थानीयस्तरमै उत्पादन हुने प्राकृतिक रूपमा आफ्नै करेसाबारी र खेतीपातीमा उत्पादन हुने प्रसादका रूपमा चढाइने सम्पूर्ण प्रसादका सामग्रीहरू लिएर घरका पुरुष वर्ग पोखरी र तालतलैयाका घाटहरूमा पुगिरहेका छन् ।

व्रतालु महिलाहरू पनि घाटमा पुग्ने क्रम निरन्तर जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =