खगेन्द्र सुनारसँगै गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने

काठमाडौँ । चौतर्फी आलोचना पछि मन्त्री नियुक्तिको लागि तयार पारिएका दुई व्यक्तिको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनार र भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको नाम मन्त्री बन्ने सूचीबाट काटिएको हो ।

खगेन्द्र सुनार विवादमा मुछिएको भन्दै शपथ नहुने स्रोतले बतायो ।

सुरुमा पर्यटनमन्त्रीमा चर्चा गरिएका गणपतिलाल श्रेष्ठकाको पछि मन्त्रालय हेरफेर गरिएको थियो । तर उनको शपथ रोकिनुको कारणबारे विस्तृत खुलिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =