खगेन्द्र सुनार विवादित बनेपछि प्रधानमन्त्री कार्की छलफलमा

काठमाडौँ । मन्त्रिपरिषदमा ४ नयाँ मन्त्रीलाई शपथ ग्रहण गराउनुअघि प्रधानमन्त्री सुशीला कार्की आन्तरिक छलफलमा जुटेकी छिन् ।

साढे २ बजे शपथग्रहणको कार्यक्रम तय भइसकेता पनि नयाँ मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको नाम विवादमा मुछिएपछि उनी आकस्मिक छलफलमा जुटेकी हुन् ।

सुनार नेपाल प्रहरीको फरार सूचीमा रहेको सार्वजनिक भएपछि कार्की आफ्नो मन्त्रिपरिषदमा विवादित व्यक्तिहरू नपरुन् भन्नेमा सचेत रहेको बालुवाटार स्रोतले बताएको छ ।

खगेन्द्र सुनारविरुद्ध तीन अदालतमा चलिरहेका छन् मुद्दा

१) सुर्खेत जिल्ला अदालतमा मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र स्वास्थ्य संस्था तोडफोडको मुद्दा विचाराधीन

२) काभ्रे जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा विचाराधीन

३) सर्वोच्च अदालतमा पनि मानहानिको मुद्दा छिनोफानो हुन बाँकी (नवराज विक हत्या प्रकरण- न्यायाधीशहरूमाथि गालीगलौजपूर्ण अभिव्यक्ति)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =