गौरिघाटमा छठ पर्वको तयारी शुरु (भिडिओ)
२०८२ कार्तिक ८ गते

काठमाडौँको गौरीघाटमा मैथिली समुदायले मनाउनले छठ पर्वको तयारी शुरु भएको छ । छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाइ तथा सजावटको कार्य शुरु भएको छ ।
वागमती नदीमा रहेका पोलहरूमा प्रकाशको लागि लाइट जडान, सजावट लगायतका कार्य थालिएको हो । विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय देशका धेरै क्षेत्रमा मनाउने गरिएको छ ।
सूर्यदेवको उपासना गरी यो पर्व मनाइने गरिन्छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि छठ पर्वको तयारी भइरहेको छ ।
मैथिल समुदायले पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक छठ पर्व मनाउने गरेका छन् ।
यस वर्ष कात्तिक १० गते छठ पर्व मनाइँदै छ ।
२०८२ कार्तिक ८ गते
प्रतिक्रिया
सम्बन्धित









