हेज्बुल्लाह कमाण्डरको मृत्यु

एजेन्सी । इजरायली रक्षा बलले एक विज्ञप्तिमा शुक्रवार दक्षिणी लेबनानमा एक वरिष्ठ हेज्बुल्लाह कमाण्डरलाई आक्रमण गरी मारेको बताएको छ ।

हिज्बुल्लाहको दक्षिणी मोर्चा मुख्यालयका रसद कमाण्डर अब्बास हसन कार्के दक्षिणी लेबनानको नाबाटीह क्षेत्रमा मारिएका जनाएको हो ।

कार्केले हालैका महिनाहरूमा हेज्बुल्लाहको लडाई क्षमता पुनर्निर्माण गर्ने प्रयासहरूको नेतृत्व गरेको दाबी गरिएको छ । उनी संगठनको बल संरचना पुनः स्थापना गर्न र दक्षिणी लेबनानमा हतियारको स्थानान्तरण र भण्डारण व्यवस्थापन गर्न पनि जिम्मेवार थिए ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीले शुक्रवार दक्षिणी लेबनानको सडकमा रहेको एउटा सवारी साधनलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा अब्बास हसन कार्लेको मृत्यु भएको रिपोर्ट गरेको छ ।

हिज्बुल्लाह र इजरायल बीचको युद्धविराम नोभेम्बर २७, २०२४ देखि लागू भएको छ । जसले गाँजा युद्धबाट सुरु भएको झडपलाई धेरै हदसम्म रोकेको छ । यद्यपि इजरायली सेनाले लेबनानमा बेलाबेलामा आक्रमणहरू जारी राखेको छ ।

हिजबुल्लाह विरुद्धको कारबाहीलाई धम्की भन्दै लेबनानी सीमामा पाँच मुख्य स्थानमा सेना राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =