विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ: मन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका छन् ।

मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनीतिकरण निर्मूल पार्नुपर्ने बताए । त्यसको लागि सुरुवातमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्ने उनको भनाई छ ।

उनले बोर्ड अफ ट्रष्टी गठन गरेर विश्वविद्यालयको कुलपति छान्ने व्यवस्था गर्न आवश्यक रहेको बताए । त्यसको लागि कानुन संशोधन गर्नुपर्ने उनले बताए । तर हाल कानुन संशोधन गर्न नसकिने र अध्यादेश पनि ल्याउन नमिल्ने उनको भनाई छ । यद्यपि विश्वविद्यालय सुधारको लागि केही मस्यौदाहरू तयार गरिरहेको उनले जानकारी दिए ।

उनले भने ‘विश्वविद्यालयहरूलाई राम्रो बनाउने हो भने राजनीतिकरण हुनुहुँदैन । राजनीतिकरण निर्मूल नै पार्नुपर्छ भन्ने अधिकांश भिसीहरूको सुझावअनुसार अब विश्वविद्यालयमा राजनीति कसरी हटाउने भन्ने कुरो यो उच्च शिक्षामा यसको मस्यौदा बनाउने र त्यो विल चाहिँ अहिले पास गर्न सकिँदैन । राजनीतिकरण हटाउनको लागी सुरु चाहिँ कहाँबाट गर्नुपर्छ भने जुन विश्वविद्यालयहरूको कुलपति छ, त्यो कुलपति अहिलेसम्म प्रधानमन्त्री हुने चलन छ । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नरहने र निष्पक्ष तरिकाले एउटा बोर्ड अफ ट्रष्टी गठन गरेर बोर्ड अफ ट्रष्टीले निष्पक्ष रूपमा कुलपतिहरूको चयन गर्ने भन्ने किसिमको एउटा व्यवस्था गर्ने भन्ने कुराहरू छ । त्यसको लागी कानुन नै संशोधन गर्नुपर्ने हुन्छ, अहिले कानुन संशोधन गर्न सकिँदैन । अध्यादेश ल्याउन पाइँदैन । त्यही पनि त्यो कार्यक्रमलाई अगाडी बढाउने भन्ने कुरा विश्वविद्यालयमा छ ।’

उनले विश्वविद्यालयले परीक्षाफल समयमा नलिकाल्ने गुनासो आएकोले समयमा नै परिक्षाफ निकाल्न निर्देशन दिएको पनि जानकारी दिए । समयमा नै परीक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयको अनुदान रोकिने उनको भनाई छ । उनले मन्त्रालयले विद्यालयका शिक्षकहरूले तलवभत्ता नपाएको विषयमा छानबिन गर्ने, विद्यालयका प्राध्यानाध्यापक छान्ने प्रक्रिया, पाठ्यक्रम परिमार्जन लगायतका काम अगाडी बढाएको पनि जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =