दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी

काठमाडौँ । हिन्दु धर्मावलम्वीहरुको पर्व दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी गरिएको छ ।

धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी दीपावली मनाउन भव्य तयारी गरिएको हो । दीपावलीलाई मध्यनजर गरी जनकपुरधामलाई बेहुलीझैँ सजाइएको छ ।

जनकपुरधाम बजारमा चहल पहल समेत बढेको छ । केराको बोट, हरियो पात र फुलमालाले सुनरपट्टी लगायतका क्षेत्र झकिझकाउ पारिँदैछ । मिष्ठान भण्डारहरूमा प्रसादका लागि मिस्ठान किन्नेहरूको भीड लागेको छ । दीपावली सामान्य व्यक्ति भन्दा पनि उद्योगी व्यवसायीहरूले विशेष तामझामका साथ मनाइरहेको देखिएको छ ।

व्यापारीहरू आ–आफ्ना व्यापारिक प्रतिष्ठानहरूलाई सजाएका छन् । यता जनकपुरधाम उपमहानगरपालिकाले पनि दिपवालीको पूर्वसन्ध्यामा नगर सरसफाइ गरिएको थियो । त्यस्तै विद्युतीय पोलहरूमा नयाँ बल्बहरू समेत जडान गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =