जेनजी आन्दोलनपछि पहिलो पटक ओली पार्टी मुख्यालय च्यासलमा
२०८२ कार्तिक १ गते

काठमाडौँ । जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी मुख्यालय च्यासल पुगेका छन् ।
शनिवार पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन उनी पार्टी मुख्यालय पुगेका हुन् ।
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेललगायतका शीर्ष नेताहरू सहभागी भएका छन् ।
जेन—जी आन्दोलनपछि पदच्युत भएका ओली अहिले भक्तपुरको गुण्डुमा डेरा लिएर बसेका छन् । भदौ २४ गते आगजनी, तोडफोड र लुटपाटकाक्रममा ओलीको बालकोटस्थित घर र पार्टी मुख्यालय च्यासल ध्वस्त भएको थियो ।
२०८२ कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित








