बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक
२०८२ असोज ३१ गते

फाइल फोटो
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ ।
हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्छ्याएपछि सञ्चालनमा आएको हो ।
पूर्वाधार विकास कार्यालय हुम्लाले न्यालु सडकमा जमेको हिउँ पन्छ्याउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएको थियो ।
बिहीबार हिउँ पन्छ्याएपछि सडक सुचारु भएको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बताए । सडकमा जमेको चार फिट हिउँ तीन दिन लगाएर पन्छाएपछि सहज रूपमा यातायात सञ्चालनमा आएको उनले जानकारी दिए ।
सडक सञ्चालनमा आएसँगै हिमपातपछि तुम्लिङमा रोकिएका चालिस जनाभन्दा बढी यात्रु सकुशल सदरमुकाम सिमकोट पुगेका छन् ।
हिमपातपछि लिमी उपत्यकामा यतिबेला चिसो अत्यधिक बढ्दै गएको छ । यहाँको तापक्रम बिहान बेलुका माइनसमा हुने गरेको छ ।
२०८२ असोज ३१ गते
प्रतिक्रिया
सम्बन्धित








