‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता, अध्यक्षमा प्रसाईँ, सदस्यमा बस्नेत

अध्यक्षमा दिनेश प्रसाईँ, महासचिवमा पीयूष कायस्थ र बुद्ध एयरका सञ्चालक वीरेन्द्र बहादुर बस्नेत सदस्य

काठमाडौँ । निर्वाचन आयोगमा नयाँ राजनीतिक दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता भएको छ । बिहीबार आयोगमा भएको दर्ता प्रक्रियासँगै उक्त पार्टीलाई दर्ता नम्बर ५१७ प्रदान गरिएको हो ।

दिनेश प्रसाईँको अध्यक्षतामा गठन गरिएको यस पार्टीले ‘सबै मिलौँ, देश बचाऔँ, देश बनाऔँ’ भन्ने मूल नारा अघि सारेको छ ।

जेनजी आन्दोलनपछि नयाँ राजनीतिक विकल्पका रूपमा अघि बढाइएको गतिशील लोकतान्त्रिक पार्टीले पुराना राजनीतिक दलहरूको विकल्प बन्ने लक्ष्य लिएको जनाएको छ ।

पार्टीको नेतृत्वमा अध्यक्ष प्रसाईँसँगै पीयूष कायस्थ महासचिव र बुद्ध एयरका सञ्चालक वीरेन्द्र बहादुर बस्नेत सदस्यका रूपमा रहेका छन् ।

गतिशील लोकतान्त्रिक पार्टीले रोजगारीलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ । पार्टीका अनुसार सबै नेपालीलाई दिगो रोजगारीको अवसर दिलाउने उद्देश्यसहित संगठन विस्तारको तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =