मधेसको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी: महन्थ ठाकुर
२०८२ असोज २८ गते

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी रहेको बताएका छन् ।
आज जनकपुरधामस्थित मधेस प्रदेशको पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ठाकुरले भने ‘उपेन्द्रजीको बाराको चुनावअगाडि नै लोसपालाई मधेसको नेतृत्व दिने तत्कालीन सत्ताघटकको सर्वपक्षीय सहमति भएको हो ।’
उनले आफूहरु पर्ख र हेरको मनस्थितिमा रहेको उल्लेख गरे । उनले बाराको निर्वाचनमा जितेन्द्र सोनलको अगुवाइमा लोसपालाई प्रयोग गरेर उपेन्द्र यादवले पछि देउवा र प्रचण्डकै अगाडि लोसपाले धोका दियो भनेर बोल्दा देउवा र प्रचण्ड रिसाएको पनि बताए ।
२०८२ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित








