खरिदार भण्डारीमाथि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलान्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

आयोगले भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

भण्डारीले काभ्रेपलान्चोक दोलालघाट गा.वि.स. वडा नं. ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेको थियो ।

अनुसन्धानको सिलसिलामा भण्डारीले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पुष्टि भएको हो ।

उनलाई बिगो दुई लाख रुपैयाँ कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =