सामसङद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक

काठमाडौँ । सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन ‘तिहारको मूड, सबै गुड!’ घोषणा गरेको छ ।

यो अफरले नेपालभरका ग्राहकहरूलाई अद्भुत छुट र रोमाञ्चक लक्की ड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर आश्विन २६ देखि कार्तिक ३०, २०८२ सम्म देशभरका अधिकृत सामसङ विक्रेताहरूमा लागू हुनेछ । यस अवधिमा ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिनमा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादनहरू किन्न सक्नेछन्, जसले प्रकाशको यो पर्वलाई झनै उज्यालो बनाउने कम्पनीले जनाएको छ ।

अफर विवरणहरू :


साथै, सामसङले आफ्ना ग्राहकहरूका लागि आकर्षक साप्ताहिक र बम्पर पुरस्कारहरू पनि उपलब्ध गराएको छ ।

पुरस्कार विवरणहरू :

लक्कीड्रमा सहभागी हुने तरिका

ग्राहकहरूले सामसङको टिभी, फ्रिज वा वाशिङ मेसिन खरिद गरेपछि उत्पादनको सिरियल नम्बर मार्फत पठाएर भाग लिन सक्नेछन् ।

  • “Samsung [Serial Number]” लेखी ३५००१ मा पठाउनुहोस्
  • पठाएपछि तुरुन्तै SMS मार्फत पुष्टि सन्देश प्राप्त हुनेछ ।
  • विजेताहरूको घोषणा हरेक साताको अन्त्यमा Samsung Plaza र Big Digital का फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिनेछ ।

त्यसैगरी, सामसङले सेवामार्फत ग्राहकहरूलाई ० प्रतिशत ब्याजदरमा सजिलो EMI विकल्प उपलब्ध गराएको छ । यसका लागि केवल नागरिकता प्रमाणपत्र आवश्यक हुने कम्पनीले जनाएको छ । साथै, पुराना टिभी वा होम अप्लायन्सहरू वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत साट्दा रु. ७,००० सम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 2 =