साढे ४ लाख घुससहित रौतहटका प्रधानाध्यापक पक्राउ

काठमाडौँ । साढे ४ लाख घुससहित रौतहटको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट धरहरीको जय किसान माध्यामिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई नियन्त्रणमा लिएको हो ।

उनले शिक्षक आवश्यकता भनी विज्ञापन खुलाएका थिए । एक जनाले रितपूर्वक दर्खास्त दिए पनि उनले बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत घुस लिएका थिए । अरविन्द पनि पक्राउ परेका छन् ।

अख्तियारका अनुसार उनीहरुलाई घुस लिइसकेको अवस्थामा पर्साको वीरगन्ज नगरपालिका–१३ स्थित अदालत रोडको एक होटेलबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =