ट्रकक्रेनको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनीचोकमा ट्रकक्रेनको ठक्करबाट आज एक जना वृद्धको मृत्यु भएको छ ।

सडक निर्माणका लागि सिङ्गापुरबाट यहाँ ल्याइएको ट्रकक्रेनले वृद्धलाई ठक्कर दिएको थियो ।

ट्रकक्रेनको ठक्करबाट स्थानीय ७६ वर्षीय वमभोल चौधारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेहाई पुल नजिक (डोजर) स्काभेटर बोकेर पूर्वबाट पश्चिमतर्फ पछाडि सार्दै गरेको ट्रकक्रेनले सोही दिशाबाट साइकलमा जाँदै गरेका चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =