सीमापार आतंकवाद दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि खतरा : एस.जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस.जयशंकरले बिहीवार क्षेत्रीय सुरक्षा र सहकार्यसम्बन्धी सम्मेलनमा बोल्दै सीमापार आतंकवाद दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि सबैभन्दा ठूलो खतरा भएको बताएका छन् ।

कुनै देशको नाम नलिई विदेशमन्त्री जयशंकरलेआतंकवादलाई प्रायोजन, संरक्षण वा कुनै बहानामा जायज मान्न नहुने बताए । अफगानिस्तानका विदेशमन्त्रीको उपस्थितिमा भएको उक्त कार्यक्रममा जयशंकरले आतंकवादलाई अलग–अलग रूपमा हेर्न नहुने र आतंकवादी संगठनलाई सुरक्षित आश्रय वा आर्थिक सहयोग प्रदान गर्नेहरूलाई जवाफदेही बनाउनुपर्ने बताए ।

उनले ‘केही देशले सीमापार आतंकवादलाई राज्य नीतिको हतियारका रूपमा प्रयोग गरिरहेको’ भन्दै यस्ता कार्यमा विश्व मौन रहन नहुने चेतावनी दिए । भारतले शान्त, स्थिर र समावेशी अफगानिस्तानको समर्थन दोहोर्‍याए ।

अफगान मन्त्रीले भारतको पुनर्निर्माण र मानवीय सहायताको भुमिकाको प्रशंसा गरे ।

छलफलमा क्षेत्रीय सम्पर्क, आतंकवादविरुद्ध सहकार्य र विश्वव्यापी कट्टरपन्थी सञ्जाल नियन्त्रणका लागि सामूहिक प्रयासको आवश्यकतामा जोड दिइएको छ ।

जयशंकरको भनाइले आतंकवादविरुद्ध भारतको कडा अडान र क्षेत्रीय सहकार्यबाट सुरक्षालाई प्रोत्साहन गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 6 =