राष्ट्रपतिसँग प्रधानमन्त्री कार्की र दुई मन्त्रीको भेट, के भयो छलफल ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
बिहीबार शीतल निवासमा प्रधानमन्त्री कार्की र राष्ट्रपतिबिच भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषय र आगामी चुनावको सन्दर्भमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
बैठक प्रमुख रूपमा निर्वाचन गराउने विषयमा छलफल केन्द्रित रहेको थियो । बैठकमा राष्ट्रपति पौडेलले आगामी निर्वाचन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै यसका लागि आवश्यक तयारीहरू गर्नुपर्ने बताएका छन् ।
त्यसैगरी, प्रधानमन्त्री कार्कीले पनि समयमै निर्वाचन गराउन आयोगसँग मिलेर तयारी भइरहेको बताइन् ।
राष्ट्रपति पौडेलसँगको भेटका केही समय पछि, निर्वाचन आयोगले राष्ट्रपतिलाई आगामी चुनावको तयारी र प्रक्रियाबारे ब्रिफिङ पनि गरेको जानकारी प्राप्त भएको छ ।








