वर्तमान सरकार नेपालीको प्रतिनिधि होइन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन् ।

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् । वर्तमान सरकार कसैले नछानेको हुनाले यसले नेपालीको प्रतिनिधित्व गर्न नसक्ने ओलीको तर्क थियो ।

उनले सरकारले आफूलाई काठमाडौं भ्याली छोड्न नपाउने भनेर तमासा देखाएको भन्दै आपत्ति जनाए । अध्यक्ष ओलीले गृह मन्त्री ओमप्रकाश अर्याललाई सम्हालिएर अघि बढ्न पनि सचेत गराए ।

उनले भने, ‘यो सरकार नेपालीको प्रतिनिधि होइन, अन्त कतैको भए थाहा छैन । कसैले छानेको सरकार होइन यो । उहाँहरू एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ । मेरो पासपोर्ट रोक्का गर्ने ? अर्को तमासा के गर्नु भयो भने काठमाडौं भ्याली, यो डाँडो काटेर बाहिर जान नपाउने । केपी ओली यो डाँडोसम्म जान पाउँछ, पल्ला पटी हेर्न पाइने किन नपाइने । त्यो पनि थाहा छैन । पानीढलको सिमाना वा । यो तमासा नभए, सडक तमासा नभए के हो यो ? सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? के सोच्या छ ? अहिलेको गृह मन्त्रीको त मैले नाम पनि सुनेको थिइन । गृहमन्त्री बाबुलाई धेरै नउत्यालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु ।’

अध्यक्ष ओलीले सरकार संवैधानिक बाटोबाट नबनेको समेत दोहो¥याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =