‘भ्रष्टाचारी र हत्यारा खुलेआम, रबि लामिछाने जेलमै सड्नुपर्ने?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पार्टी सभापति रवि लामिछानेलाई जेलमा राखिएकोबारे टिप्पणी गरेकी छन् ।

उनले सभापति लामिछानेप्रति लागेका आरोप र पछिल्लो न्यायिक प्रक्रियाप्रति प्रश्न उठाउँदै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेकी हुन् ।

‘भ्रस्टाचारी र हत्यारा खुलेआम घुमिरहेका छन्, केही प्रमाण नै नभएको रबि लामिछानेले चाहिँ जेलमै सड्नुपर्ने ?’ उनले प्रश्न गरेकी छन् ।

उनले लामिछानेलाई एक्लै भए पनि लामो समयदेखि भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको बताइन् । उनले अब सम्पूर्ण न्यायप्रेमी नेपालीहरूले खुलेर साथ दिनुपर्ने समय आएको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =